२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश७ दिनपछि स्वास्थ्यकर्मी थुनामुक्त

७ दिनपछि स्वास्थ्यकर्मी थुनामुक्त


धनगढी-खोपमा हेलचेक्र्याइको आरोपमा पक्राउ परेका घण्टेश्वर स्वास्थ्य चौकीका इन्चार्ज हीरादत्त भट्टलाई प्रहरीले थुनामुक्त गरेको छ । पक्राउ परेको सात दिनपछि बिहीबार जिल्ला प्रहरी कार्यालय डोटीले उनलाई थुनामुक्त गरेको हो ।

उनलाई जिल्ला अस्पताल डोटीका ल्याब टेक्नीसियन सुशील जोशीको रहोवरमा प्रहरीले थुनामुक्त गरेको जनाएको छ ।

‘वर्तमान कानुन अनुसार यस्तो अवस्थामा मेडिकल काउन्सिलले अनुसन्धान गरेपछि कानुनी उपचार अघि बढाउनुपर्ने भएकाले उहाँलाई थुनामुक्त गरेको हौं,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले भने ।

जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको खार खोप केन्द्रमा मंसिर १७ गते खोप लगाएपछि सोही ठाउँका टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको मृत्यु भएको थियो ।

शिशुका अभिभावकको किटानी जाहेरीका आधारमा खोप लगाउन संलग्न स्वास्थ्यचौकी इन्चार्ज हीरादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको थियो । जसको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ