२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसिकलसेलबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

सिकलसेलबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरण


धनगढी-सिकलसेल एनिमियाका बारेमा धनगढी उप–महानगरपालिकाले आफ्ना स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेको छ ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य महाशाखाले सबै स्वास्थ्यकर्मीहरुलाई यस रोगका बारेमा जानकारी दिन अभिमुखीकरण थालेको हो ।

‘स्वास्थ्यकर्मीको समायोजनका क्रममा उप–महानगरमा सरुवा भएर आएकाहरुका लागि अभिमुखीकरण बढी महत्वपूर्ण रहेको छ,’ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, ‘पहिले पाएकालाई पनि पुनर्ताजकी गराउने छ ।’

अभिमुखीकरण मंगल र बुधवार गरी दुई चरणमा भैरहेको छ । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएकाले अन्यत्रबाट सरुवा भएर आएका स्वास्थ्यकर्मीले यस रोगको बारेमा जानकारी राख्नैपर्ने बताउँदैं उप–प्रमुख भट्टले भनिन्, ‘रोगको बारेमा जानकारी राखेपछि सेवा दिन सजिलो हुनेछ ।’

आर्थिक वर्ष २०७५/०७६मा आफूहरुले दुईवटा स्थानमा शिविर राखेर सिकलसेलको निःशुल्क परीक्षणको व्यवस्था गरेको बताउँदै उप–प्रमुख भट्टले चालु आर्थिक वर्षमा पनि चेक जाँच, परामर्श र उपचारका कार्यक्रम राखेको जानकारी दिइन् ।

धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले स्वास्थ्यकर्मीहरुको ब्यवहारले आधा रोग निको हुने बताए ।

हाल सेती प्रादेशिक अस्पतालमा सिकलसेलका १ सय ७३ बिरामी नियमित उपचार गराइरहेका छन् । नेपाल सरकारले सिकलसेल एनिमिया रोग लागेको पुष्टि भएका विपन्न परिवारका बिरामीहरुको स्वास्थ्य परीक्षण र औषधी उपचारका लागि १ लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको छ ।

यो रोग लागेमा रक्तकोष नोक्सान भएर घट्दै जाने यो रोग लागेमा विभिन्न अन्य रोगसँग मिल्ने लक्षण देखा पर्छ । यो रोगको संक्रमणले बच्चाहरूमा पटक–पटक निमोनिया, जन्डिस, रक्तअल्पता, ज्वरो आउनेजस्ता लक्षण देखा पर्छ । युवामा पनि पटक–पटक जन्डिस हुने, जोर्नी र हड्डी दुख्ने, पेट दुख्ने, छाती दुख्ने, रक्तअल्पता हुने, थकावट महसुस हुने, ज्वरो आउने, फियो सुन्निने लक्षण देखा पर्छन् । बढी जाडो, गर्मी या तनावमा भएका बेला यस्तो लक्षण देखापर्छ ।

सिकलसेल एनिमिया भएको पत्ता नै नलागी धेरैले अकालमा ज्यान गुमाउने खतरा रहेको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार यो रोगले ३–४ वर्षका बालबालिकाको समेत ज्यान जाने गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ