२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशप्राइभेट अस्पतालको सुदूरपश्चिमको अध्यक्षमा जनकराज जोशी

प्राइभेट अस्पतालको सुदूरपश्चिमको अध्यक्षमा जनकराज जोशी


धनगढी-प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी चयन भएका छन्।

संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्रवीर चन्दको अध्यक्षता र प्रदेशका १७ वटा प्राइभेट अस्पतालको उपस्थितिमा सम्पन्न अधिवेशनबाट संस्थाको विधान अनुसार ९ सदस्यीय प्रदेश समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा चोपरा अस्पताल डोटीका सञ्चालक हिक्मत सिंह चोपरा, कोषाध्यक्षमा माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद र सचिवमा सिपी अस्पताल धनगढीका रमेश पाण्डेय चयन भएका छन् ।

त्यस्तै सदस्यमा आशा अस्पतालका भुपेन्द्र चौधरी, घोडाघोडी अस्पताल सुख्खडका विष्णु सापकोटा, निसर्ग अस्पतालका तिर्थराज पन्त, नोभा अस्पतालका लोकराज भट्ट र सारथी अस्पतालका वेदप्रकाश जोशी चयन भए ।

सल्लाहकारमा पदमा अस्पतालका संचालक जेपी चन्द रहेका छन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ