२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशएम्बुलेन्स खरिदबारे लेखा समितिले अध्ययन गर्ने

एम्बुलेन्स खरिदबारे लेखा समितिले अध्ययन गर्ने


धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद प्रकणमा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि प्रदेशको सार्वजनिक लेखा समितिले खरिद प्रक्रियाका कागजात अध्ययन गर्ने भएको छ ।

सार्वजनिक लेखा समितिकी सभापति प्रदेश सभा सदस्य कुमारी नन्दा बमले एम्बुलेन्स खरिद सम्बन्धीका कागजात झिकाउने तयारी भइरहेको बताइन् ।

‘एम्बुलेन्स खरिदका विषयमा विभिन्न प्रश्न उठेका छन्,’ उनले भनिन्, ‘कागजात अध्ययन नै नगरी अहिले नै अनियमितता भयो भन्न सकिदैन् । कागजात अध्ययनपछि सत्यतथ्य बाहिर आउँछ ।’

उनले स्वास्थ्य निर्देशनालयले ८८ अल्ट्रासाण्ड खरिद गर्दा पनि अनियमितता भएको देखिएपछि अहिले कागजात अध्ययन गरिरहेको समेत जानकारी दिइन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ