२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशएम्बुलेन्स खरिदमा अनियमिता नभएको सामाजिक विकास मन्त्रालयको दाबी

एम्बुलेन्स खरिदमा अनियमिता नभएको सामाजिक विकास मन्त्रालयको दाबी


धनगढी-सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा अनियमितता नभएको बताएको छ ।

टाटा कम्पनीका मिनी ट्रकलाई एम्बुलेन्स बनाएर ३ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको, कमसल र पुराना गाडीहरुलाई एम्बुलेन्स बनाएर स्वास्थ्य संस्थालाई बाँडेको आरोप लागेपछि सामाजिक विकास मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै समाचारमा भनिएजस्तो भ्रष्टाचार नभएको र राम्रा एम्बुलेन्स बाडेको दावी गरेको छ ।

बिहीबार बिहान मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै निवासमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई बोलाएर एम्बुलेन्स प्रकरणका बारेमा सत्यतथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएपछि सामाजिक विकास मन्त्रालयले बिज्ञप्ति मार्फत प्रष्टीकरण दिएको हो ।

सार्वजनिक खरिद ऐन नियमावली बमोजिक सबैभन्दा कम रकम कबुल गर्ने टाटा मोटर्स लिमिटेडबाट एम्बुलेन्स खरिद गरिएको जनाएको छ । मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा बाँडिएका एम्बुलेन्स २०१४ मोडेलका नभई ४०७/०३१– २१२१ मोडेलको २०१९ मा बनेको गाडीहरु भएको दावी गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर विष्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा गाडीको मूल्य १९ लाख ४५ हजार भारतीय रुपैयाँ (३१ लाख १२ हजार नेपाली रुपैयाँ) र उपकरण जडानमा ७ लाख १५ हजार समेत गरी प्रति गाडी खरिदमा ३९ लाख ७ हजार रुपैया टाटा मोटर्स कम्पनीलाई भुक्तानी गरिएको जनाइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ