२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना

धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना


धनगढी-कोरोना भाइरसलाई लक्षित गरी धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्कको स्थापना गरेको हो ।

विशेषगरी चीन तथा थाइल्याण्डलगायतका अन्य मुलुकबाट स्वदेश फर्किने नागरिकलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी राखिएको छ । विमानस्थलमा कोरोना भाइरसका संकास्पद ब्यक्ति भेटिएमा तुरुन्त सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएर उपचार गर्नका लागि छुट्टै कक्षको समेत स्थापना भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसअघि कैलाली, कञ्चनपुरका विभिन्न सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ