२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्यमा समस्या देखिएपछि अनशनरत लक्ष्मण थारु अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि अनशनरत लक्ष्मण थारु अस्पताल भर्ना


धनगढी-सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फागुन १ गतेदेखि आमरण अनसनमा बसेका थरुहट थारुवान राष्ट्रिय मुक्ति मोर्चाका संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अनसनरत थारु सेती प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् । सोमबार बेलुका ८ बजे अस्पताल भर्ना गरिएका नेता थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका इर्मेजेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले लक्ष्मण थारु शारीरिक रुपमा निकै कमजोर रहेको र अन्य अवस्था भने सामान्य रहेको बताए ।

कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै थरुहटले धनगढीमा अनशनसँगसँगै विरोध याली, कोणसभा, चक्काजाम लगायतका कार्यक्रमहरु पनि गरिरहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ