२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : एमबीबीएस पढ्न छात्रवृति दिदै , दूरदराजमा गएर सेवा दिनुपर्ने

सुदूरपश्चिम प्रदेश : एमबीबीएस पढ्न छात्रवृति दिदै , दूरदराजमा गएर सेवा दिनुपर्ने


धनगढी – सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यस आर्थिक वर्षदेखि चिकित्सक छात्रवृति कार्यक्रम ल्याएको छ । सुदूरपश्चिमका अस्पतालहरुमा वर्षौदेखि चिकित्सकहरुको सम्पूर्ण दरबन्दी पूर्ति नहुने भएपछि सेवाग्राहीहरू मर्कामा परेका कारण सामाजिक विकास मन्त्रीले यो कार्यक्रम ल्याएका हुन् ।

सुदूरपश्चिमकै चिकित्सकहरु कम भएकाले यो क्षेत्रका अस्पतालहरुमा चिकित्सकहरुको अभाव झेल्नु परेको हुँदा दीर्घकालीन समाधान स्वरूप यस वर्षदेखि ९ जना सुदूरपश्चिमका विद्यार्थीहरुलाई यो छात्रवृति प्रदान गर्ने योजना स्वरूप कार्यक्रम ल्याइएको हो।

यो छात्रवृति प्राप्त गर्ने विद्यार्थिहरुले एमबीबीएसको अध्ययन समापन पश्चात प्रदेश सरकारले खटाएको स्थानमा दुई वर्ष सेवा गर्नुपर्ने गरी छात्रवृति कार्यक्रम ल्याएको हो । यस प्रदेशलाई अति आवश्यक जनशक्तिहरु छात्रवृतिमार्फत उत्पादनमा प्रोत्साहन दिई प्रदेशवासीलाई स्वास्थ्य सेवाहरु उपभोग गर्न सहज बनाउने दुरगामी सोच अनुरुप यो कार्यक्रम संचालन हुनेछ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ