२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार

किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार


सबैलाई कुनै न कुनै बेला पेट दुख्ने गर्छ । यो दुखाइको धेरै कारणहरू हुन सक्छन्, जसमध्ये एउटा एपेन्डिक्स हो। आधुनिक चिकित्सा इतिहासको ५०० वर्षको बावजुद, एपेन्डिक्स मानव शरीरको सबैभन्दा कम चिनिएको अंग मध्ये एक हो। एएपेन्डिक्स शरीरको एउटा सानो भाग हो, जुन हाम्रो सानो र ठूलो आन्द्रा मिल्ने ठाउँमा पाइन्छ।

एपेन्डिक्स सानो आन्द्रा र ठूलो आन्द्राको बीचमा रहेको अंग हो। यसको आकार मानिसको कान्छी औंला बराबर छ। यो आन्द्राबाट बाहिर निस्कन्छ ।  एपेन्डिक्स ४ इन्च लामो नली जस्तै हुन्छ, जुन कोलोनबाट बाहिर निस्कन्छ।

भन्नुपर्दा यो मानिस भित्रको अति महत्वपूर्ण अंग होइन तर पनि यसले १०० मध्ये १ जनालाई बिरामी बनाउँछ । यो रोगले प्रायः १० देखि ३० वर्ष उमेरका मानिसहरूलाई असर गर्छ।

एक ल्याप्रोस्कोपिक विज्ञका अनुसार हाम्रो आन्द्राको ब्याक्टेरिया यस एपेन्डिक्समा सर्छ र संक्रमण निम्त्याउँछ, जसले एपेन्डिसाइटिस निम्त्याउँछ। कतिपयमा यो संक्रमण यति बढ्छ कि एपेन्डिक्स फुट्छ । एपेन्डिक्स छिट्टै मेडिकल आकस्मिक बन्छ, त्यसैले कारण र लक्षणहरू ढिलो गर्नु हुँदैन।

संक्रमणका कारण एपेन्डिक्स फुल्ने र पिप भरिएपछि एपेन्डिसाइटिस हुन्छ । एपेन्डिक्स दुखाइ सामान्यतया नाभी क्षेत्रमा सुरु हुन्छ र २४ घण्टा भित्र स्थानीयकृत हुन्छ। यो दुखाइ असह्य हुन्छ, जसमा औषधिले पनि खास केही देखाउँदैन। यदि तपाईंलाई दुखाइ असह्य छ जस्तो लाग्छ भने, तुरुन्तै आफ्नो डाक्टरलाई सम्पर्क गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार जीवनमा एपेन्डिसाइटिसको जोखिम पुरुषमा ८.६ प्रतिशत र महिलामा ६.७ प्रतिशत रहेको छ ।

व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने यस समस्याले विशेषगरी २० देखि ४० वर्षको समूहलाई भने बढी सताएको देखिन्छ । प्रत्येक व्यक्तिको शरीरमा रहने यस अंगको मुख्य काम भनेको आन्द्रालाई आवश्यक फ्लोरा अर्थात् ब्याक्टेरिया तथा लिम्फोसाईट्स(सेतो रक्त कोषिका)हरु प्रदान गर्नु हो । तर, विभिन्न कारणवश् यस अंगमा संक्रमण भएको खण्डमा यो भित्रभित्रै सुन्निएर पाँकेर आउँछ ।

यसका कारणहरु

  • क्यान्सर वा रगतका कारण एपेन्डिक्समा हुने संक्रमण
  • आन्द्रामा ग्याँस भरिनु
  • एपेन्डिक्स लुमेन(भित्र) मा दिसा अड्किनु
  • पेटमा कुनै गहिरो चोट लागेमा
  • र, पाचन नलीको संक्रमण ।

लक्षणहरु

  • बिरामीको नाभी वरपरि दुखाईको महशुस हुनु
  • सो पिडा विस्तारै पेटको दाहिने भागतर्फ सर्दै जानु
  • दुखाईसंगै शरीरमा ज्वरोको मात्रा बढ्दै जानु
  • खोक्दा, हिड्दा तथा शरीर चलाउँदा असहज महशुस हुनु
  • भोक नलाग्नु
  • वाक्वाकी तथा बान्ता हुनु
  • कब्जियत वा झाडा लाग्नु
  • पेटमा ग्याँस भरिनु
  • र, शरीरबाट ग्याँस बाहिर निस्कनमा कठिनाई हुनु ।

आवश्यक जाँचहरु

व्यक्तिलाई एपेन्डाटिक्स नै भएको हो वा होइन भन्ने सुनिश्चितताका लागि सर्वप्रथम बिरामीको अल्ट्रासाउण्ड(भिडियो एक्स–रे) गरिन्छ । तर, अल्ट्रासाउण्डमार्फत सबै व्यक्तिको एपेन्डिसाइट्स पहिचान हुन्छ नै भन्ने छैन ।

शरीरभित्र एपेन्डिक्स कुन पोजिसिनमा बसेको छ ? भन्ने कुरा पनि अत्यन्त महत्व राख्दछ । जसकारण पनि अल्ट्रासाउण्ड गराएकाहरुमा पनि कुलमध्ये ६० प्रतिशत व्यक्तिको मात्रै एपेन्डिक्सको पहिचान गर्न सकिन्छ । अन्यको भने थप रगत एवम् पिसाब परीक्षण तथा एमआरआई नै गर्नुपर्ने हुन्छ ।

जोखिम न्युनिकरणका उपायहरु

हालसम्म यी–यी उपायले एपेन्डिटाईटिस रोकथाम गराउँछ भन्ने कुराको वैज्ञानिक रुपमै प्रमाणित भएको छैन । यद्यपि उच्च फाइबरयुक्त खाना, अन्नको अत्याधिक सेवन, ताजा फलफुल तथा हरियो तरकारीले भने यसको जोखिमलाई केहि हदसम्म कम गराउन मद्दत गर्दछ ।

उपचार

एपेन्डिटाईटिसको उपचारअन्तर्गत शल्यक्रिया र औषधिको प्रयोग गरी दुई प्रक्रियाहरु रहेका हुन्छन् । औषधिको प्रयोगद्वारा गरिने उपचारको सन्दर्भमा भन्नुपर्दा यसअन्तर्गत बिरामीमा दुखाईको कमी भएता पनि कालान्तारमा पनि सोहि समस्या पुनः नबल्झिएला भन्न सकिदैँन ।

अर्थात्, औषधिको प्रयोगले तत्कालका लागि दुखाई कम गर्ने भएता पनि पछि गएर अधिकांश बिरामीको एपेन्डिक्समा वरपरको आन्द्राहरु टाँसिने,फुटेर जाने वा पिप भरिनेजस्ता विविध समस्याहरु देखापर्ने सम्भावनमा यथावत् नै रहन्छ । र, यस अर्थमा भन्नुपर्दा शल्यक्रिया नै एपेन्डिटाईटिसका बिरामीको उचित उपचार हुन् ।

यस्तै, अत्याधिक पेटको दुखाई भएर आएका एपेन्डिटाईटिस बिरामीको हकमा भने तत्काल शल्यक्रिया गर्नुसिवाय अन्य विकल्प रहदैन । यद्यपि शल्यक्रियामा पनि परम्परागत रुपमा गरिदैँ आएको शल्यक्रिया पद्धति र एडभान्स प्रविधिको प्रयोगबाट गरिने दुई किसिमका शल्यक्रिया पद्धति रहेका छन् ।


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ