२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगपदहस्तासन योग गर्ने विधि र फाइदाहरु

पदहस्तासन योग गर्ने विधि र फाइदाहरु


पदहस्तासन भनेको के हो ?

पद र हस्त दुई शब्दको संयोजनबाट यस आसनको नाम आएको हो। पद भनेको खुट्टा र हस्त भनेको हात हो। पदहस्तासन योगमा उभिएर अगाडिको झुकाव गरिन्छ जसमा दुवै हातले खुट्टा छुनुपर्छ ।

यसका फाइदाहरु

यो आसन गर्नाले मुटु सम्बन्धी रोगहरू हटेर स्वास्थ्य राम्रो हुन्छ । यसले पेटको बोसो घटाउन, पाचन सम्बन्धी समस्या निको पार्न, उचाइ बढाउन र तिघ्राको मांसपेशीलाई राम्रो स्ट्रेच दिनको लागि चिनिन्छ। पदहस्तासन योगले टाउकोको रक्तसञ्चार बढाउन मद्दत गर्छ। पदहस्तासन योग तनाव कम गर्न धेरै लाभदायक छ।

यद्यपि सबै योगले तपाईँको तनाव कम गर्न मद्दत गर्दछ, तर यो योगले तपाईँको शरीरको थकान हटाउँछ र दिमागलाई शान्ति दिन्छ। पदहस्तासन योग गर्नु अघि, तपाईँले केही आसनहरू गर्नुपर्छ, जसले तपाईँलाई यो आसन गर्न सजिलो हुनेछ:

–उत्तानासन

–सूर्य नमस्कार

–जानुशीर्षासन
–पश्चिमोत्तानासन
–अधोमुख श्वानासन

पहिलोपटक यो  योग अभ्यास सुरु गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्–

-कम्मरबाट घुम्न गाह्रो भएमा पर्खालको सहारा लिन सकिन्छ ।

-यदि तपाईँलाई आफ्नो हातले जमिन छुन समस्या भइरहेको छ भने, आफ्नो खुट्टालाई आफ्नो घुँडाबाट अलिकति झुकाउनुहोस्।

-आफ्नो हात भुईँमा राख्नुहोस् र बिस्तारै घुँडाबाट आफ्नो खुट्टा सीधा गर्ने प्रयास गर्नुहोस्।

-केही सेकेन्ड वा आफ्नो क्षमता अनुसार यो स्थितिमा रहन प्रयास गर्नुहोस्।

-त्यसपछि आफ्नो सुरुवात स्थितिमा फर्कन सास लिनुहोस् र बिस्तारै सीधा गर्नुहोस्।

अमरउजालाबाट भावानुवाद

 


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ