२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वअफ्रिका देश इक्वेटेरियल गिनीमा फैलिइरहेको छ ‘मारवर्ग भाइरस’, ९ जनाको मृत्यु

अफ्रिका देश इक्वेटेरियल गिनीमा फैलिइरहेको छ ‘मारवर्ग भाइरस’, ९ जनाको मृत्यु

के हो मारवर्ग भाइरस र कस्ता हुन्छन् यसका लक्षण


कोभिड—१९ भन्दा खतरानाक मानिएको मारवर्ग भाइरस अफ्रिकी मुलुकमा इक्वेटेरियल गिनीमा फैलिइरहेको छ । संचारमाध्यमकाअनुसार यसबाट अहिलेसम्म ९ वनाको मृत्यु भइसकेको छ ।

इक्वेटेरियल गिनीमा थप १६ जना यो रोगका शंकास्पद संक्रमितहरु पाइएका छन् भने २०० भन्दा बढीलाई क्यारेन्टलाइनमा राखिएको छ । यसभन्दा अघि २०२२ को जुलाईमा यो रोग आउटब्रेक भएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनुसार यो कोभिड—१९ भन्दा पनि बढी खतरानाक भाइरस हो । यसबाट संक्रमित हुने ५० प्रतिशत बिरामीको मृत्यु हुन्छ ।

सन् २००५ मा अंगोलामा यो भाइरस फैलिएको थियो । जसमा ८८ प्रतिशत बिरामीले आफ्नो ज्यान गुमाएका थिए ।

के हो मारवर्ग भाइरस र कस्ता हुन्छन् यसका लक्षण

मारवर्ग भाइरस मानिसमा पाइनु दुर्लभ हो । यो भाइरस बढीजसो चमेरोमा पाइन्छ । यो भाइरस इबोला भाइरसको परिवारसँग सम्बन्धित हो ।
यो पहिचान पहिलो पटक सन् १९६७ मा जर्मनीको मारवर्ग र फ्रैकफर्ट सहरको लैब्समा भएको थियो । यो भाइरस संक्रमित व्यक्ति वा चीजलाई छोएपछि फैलिन्छ ।

मारवर्ग भाइरस संक्रमित भएपछि मानिसलाई उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, नाकबाट रगत बग्ने, रगत वान्ता हुने र पखाला लाग्ने हुन्छ । यसका लक्षणहरुमा टाउको दुख्ने, मांशपेशी दुख्ने, जण्डिस, चक्कर लाग्ने र पेटको तल्लो भागमा दुखाइ हुने हुन्छ ।

अमेरिकी हेल्थ एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)काअनुसार संक्रमित बिरामीको छालामा नचिलाउने दाग पनि हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार मारवर्ग भाइरस संक्रमण भएको तेस्रो वा चौथो दिनमा बिरामी अजीवितजस्तो देखिन थाल्छ । उनको अनुहारमा कुनै भाव देखिदैंन् र छालाको रंग पहेलो हुन्छ । आँखामा पनि जीवन देखिदैन् । भाइरस सामान्यतयाः ८ वा ९ औं दिनमा मानिसको मृत्यु गराउँछ । मृत्यु हुनुअघि रक्तस्राव र झट्का आउँछ । यो भाइरस यति संक्रामक मानिन्छ गर्छ बिरामीको मृत्युपछि पनि यो भाइरस शरीरमा रहन्छ ।

यो भाइरसका लागि कुनै भ्याक्सिन वा एन्टी भाइरस मेडिसिन छैन् । बिरामीको आवश्यक हेरचाह र शरीरलाई हाइडेट्रेड राखेर यसबाट बच्न सकिन्छ । मारवर्ग भाइरसबाट बच्ने दुई वटा उपायहरुमात्रै छन्—कन्टयाक्ट ट्रेसिङ र शंकास्पद व्यक्तिहरुलाई अलग गर्ने ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ