२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ वौद्धमा ओम समाज डेन्टलको निःशुल्क दन्त शिविर

वौद्धमा ओम समाज डेन्टलको निःशुल्क दन्त शिविर


काठमाडौं—चाबहिलस्थित ओम समाज डेण्टल हस्पिटलले बौद्धस्थित जोन एकेडेमी स्कुलमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा चार सय जना विद्यार्थीहरु तथा एक सय जना अभिभावकको निःशुल्क दन्त स्वास्थ्यको परीक्षण गरिएको थियो ।

शिविरमा दन्त रोग विशेषज्ञहरुले दाँत, मुख र गिजाको उपचार गरेका थिए । सबै विधार्थीलाई निःशुल्क ब्रस तथा मन्जन तथा आवश्यकताअनुसार औषधि पनि वितरण गरिएको थियो । शिविरमा दन्त रोगका केही बिरामीहरुलाई आवश्यकताअनुसार थप उपचारको लागि सल्लाह दिइएको अस्पतालले जनाएको छ ।

उक्त शिविरमा ओम समाज हस्पिटलका डा.सिजन श्रेष्ठ, हाइजनिष्ठ मनिषा बस्नेत, असिस्टेन्ट सावित्रा निरौला तथा सागर काफ्लेको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निःशुल्क गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ