गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय सेती प्रादेशिक अस्पतालमा भोलि देखि प्रसुती सेवा बन्द गर्ने निर्णय पदमराज भट्ट मंगलबार, २०७७ वैशाख २ गते, १९:२३ मा प्रकाशित धनगढी – सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत्र १५ गते सेती प्रादेशिक अस्पताललाई ‘कोभिड १९’ डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना संक्रमितको उपचार भईरहेको छ । संक्रमितसंगै अन्य बिरामीलाई एउटै अस्पतालभित्र सेवा प्रवाह गर्दा संक्रमण फैलिने जोखिम रहेकोले हालसम्म सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो । सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा भोलिदेखि धनगढीस्थित नवजीवन अस्पतालले दिने बताईएको छ । नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ । अन्य निजी अस्पतालमा प्रसुतीसेवा महंगो पर्ने भएकोले सामाजिक विकास मन्त्रालयको निर्देशनमा सेती प्रादेशिक अस्पतालले नवजीवन अस्पताललाई प्रसुती सेवा दिने व्यवस्था मिलाउन सेती प्रादेशिक अस्पतालाई पत्रचार गरेपछि अस्पतालले प्रसुतीसेवा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालमा प्रसुती वार्डमा आधा दर्जनभन्दा बढि स्त्री रोग बिशेषज्ञ, दर्जनौ नर्स र स्वास्थ्यकर्मीहरुले प्रसुती सेवा दिदै आएका थिए । जहाँ दैनिक २५ देखि ३० जनाले प्रसुती सेवा लिने गरेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए