गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द पदमराज भट्ट आईतबार, २०७७ जेठ ३२ गते, ०९:३३ मा प्रकाशित बाजुरा – जिल्ला अस्पताल बाजुरामा दुई दिनसम्म प्रसुती सेवा अवरुद्ध भएको छ । आरडीटी जाँचमा पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको उपचार गरिएको कक्षलाई संक्रमण रहित गर्नुपर्ने हुँदा दुई दिनका लागि सेवा अवरुद्ध भएको हो । जिल्ला अस्पताल बाजुराले प्रेस विज्ञप्ती जारी गर्दै लेबर रुम र प्रसुती गृहलाई संक्रमण रहित गर्नुपर्ने भएको हुँदा सेवा अवरुद्ध हुने जानकारी गराएको छ । जेष्ठ १४ गते भारतबाट आएका क्वारेन्टाइनमा बसेकी पाँच महिनाकी गर्भवती १७ वर्षकी युवतीलाई उपचारर्थ राखिएको कक्ष भएकोले संक्रमण रहित गर्न दुई दिन लाग्ने जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । जडीबुटी गुर्जो खाएपछि ती युवतीमा अत्याधिक रक्तश्राव भएको थियो । दिउँसो जिल्ला अस्पतालमा भर्ना भएकी उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अस्पतालले बताएको छ । पीसीआर जाँचको रिर्पोट नआएकोले अनिवार्य उपचार कक्ष संक्रमण रहीत बनाउनुपर्ने र त्यसपछि मात्र उपचार गर्नुपर्ने अस्पतालले बताएको छ । जिल्ला अस्पतालले २ दिनसम्म पर्न जाने असुविधा प्रति सम्बन्धीत पक्षसँग क्षमा मागेको छ । कार्यालय प्रमुख रुपचन्द्र विश्वकर्माद्धारा जारी विज्ञप्तीमा जटिल प्रसुति र शल्यक्रिया सहितको प्रसुती सेवा बन्द हुने जानकारी गराइएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? Kalpana Craft ट्रेण्डिङ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री प्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने मिल्दोजुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ति टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री प्रा.डा. सविना भट्टराईको सल्लाह : कसरी बच्ने पिलोबाट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन