गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द पदमराज भट्ट आईतबार, २०७७ जेठ ३२ गते, ०९:३३ मा प्रकाशित बाजुरा – जिल्ला अस्पताल बाजुरामा दुई दिनसम्म प्रसुती सेवा अवरुद्ध भएको छ । आरडीटी जाँचमा पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको उपचार गरिएको कक्षलाई संक्रमण रहित गर्नुपर्ने हुँदा दुई दिनका लागि सेवा अवरुद्ध भएको हो । जिल्ला अस्पताल बाजुराले प्रेस विज्ञप्ती जारी गर्दै लेबर रुम र प्रसुती गृहलाई संक्रमण रहित गर्नुपर्ने भएको हुँदा सेवा अवरुद्ध हुने जानकारी गराएको छ । जेष्ठ १४ गते भारतबाट आएका क्वारेन्टाइनमा बसेकी पाँच महिनाकी गर्भवती १७ वर्षकी युवतीलाई उपचारर्थ राखिएको कक्ष भएकोले संक्रमण रहित गर्न दुई दिन लाग्ने जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । जडीबुटी गुर्जो खाएपछि ती युवतीमा अत्याधिक रक्तश्राव भएको थियो । दिउँसो जिल्ला अस्पतालमा भर्ना भएकी उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अस्पतालले बताएको छ । पीसीआर जाँचको रिर्पोट नआएकोले अनिवार्य उपचार कक्ष संक्रमण रहीत बनाउनुपर्ने र त्यसपछि मात्र उपचार गर्नुपर्ने अस्पतालले बताएको छ । जिल्ला अस्पतालले २ दिनसम्म पर्न जाने असुविधा प्रति सम्बन्धीत पक्षसँग क्षमा मागेको छ । कार्यालय प्रमुख रुपचन्द्र विश्वकर्माद्धारा जारी विज्ञप्तीमा जटिल प्रसुति र शल्यक्रिया सहितको प्रसुती सेवा बन्द हुने जानकारी गराइएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग