गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द पदमराज भट्ट आईतबार, २०७७ जेठ ३२ गते, ०९:३३ मा प्रकाशित बाजुरा – जिल्ला अस्पताल बाजुरामा दुई दिनसम्म प्रसुती सेवा अवरुद्ध भएको छ । आरडीटी जाँचमा पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको उपचार गरिएको कक्षलाई संक्रमण रहित गर्नुपर्ने हुँदा दुई दिनका लागि सेवा अवरुद्ध भएको हो । जिल्ला अस्पताल बाजुराले प्रेस विज्ञप्ती जारी गर्दै लेबर रुम र प्रसुती गृहलाई संक्रमण रहित गर्नुपर्ने भएको हुँदा सेवा अवरुद्ध हुने जानकारी गराएको छ । जेष्ठ १४ गते भारतबाट आएका क्वारेन्टाइनमा बसेकी पाँच महिनाकी गर्भवती १७ वर्षकी युवतीलाई उपचारर्थ राखिएको कक्ष भएकोले संक्रमण रहित गर्न दुई दिन लाग्ने जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । जडीबुटी गुर्जो खाएपछि ती युवतीमा अत्याधिक रक्तश्राव भएको थियो । दिउँसो जिल्ला अस्पतालमा भर्ना भएकी उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अस्पतालले बताएको छ । पीसीआर जाँचको रिर्पोट नआएकोले अनिवार्य उपचार कक्ष संक्रमण रहीत बनाउनुपर्ने र त्यसपछि मात्र उपचार गर्नुपर्ने अस्पतालले बताएको छ । जिल्ला अस्पतालले २ दिनसम्म पर्न जाने असुविधा प्रति सम्बन्धीत पक्षसँग क्षमा मागेको छ । कार्यालय प्रमुख रुपचन्द्र विश्वकर्माद्धारा जारी विज्ञप्तीमा जटिल प्रसुति र शल्यक्रिया सहितको प्रसुती सेवा बन्द हुने जानकारी गराइएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै