गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द उपचाररत किशोरीको पिसिआर रिपोर्ट नआउँदा दुई दिनका लागि बाजुरा अस्पतालको सेवा बन्द पदमराज भट्ट आईतबार, २०७७ जेठ ३२ गते, ०९:३३ मा प्रकाशित बाजुरा – जिल्ला अस्पताल बाजुरामा दुई दिनसम्म प्रसुती सेवा अवरुद्ध भएको छ । आरडीटी जाँचमा पोजेटिभ देखिएकी १७ वर्षीया किशोरीको उपचार गरिएको कक्षलाई संक्रमण रहित गर्नुपर्ने हुँदा दुई दिनका लागि सेवा अवरुद्ध भएको हो । जिल्ला अस्पताल बाजुराले प्रेस विज्ञप्ती जारी गर्दै लेबर रुम र प्रसुती गृहलाई संक्रमण रहित गर्नुपर्ने भएको हुँदा सेवा अवरुद्ध हुने जानकारी गराएको छ । जेष्ठ १४ गते भारतबाट आएका क्वारेन्टाइनमा बसेकी पाँच महिनाकी गर्भवती १७ वर्षकी युवतीलाई उपचारर्थ राखिएको कक्ष भएकोले संक्रमण रहित गर्न दुई दिन लाग्ने जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । जडीबुटी गुर्जो खाएपछि ती युवतीमा अत्याधिक रक्तश्राव भएको थियो । दिउँसो जिल्ला अस्पतालमा भर्ना भएकी उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अस्पतालले बताएको छ । पीसीआर जाँचको रिर्पोट नआएकोले अनिवार्य उपचार कक्ष संक्रमण रहीत बनाउनुपर्ने र त्यसपछि मात्र उपचार गर्नुपर्ने अस्पतालले बताएको छ । जिल्ला अस्पतालले २ दिनसम्म पर्न जाने असुविधा प्रति सम्बन्धीत पक्षसँग क्षमा मागेको छ । कार्यालय प्रमुख रुपचन्द्र विश्वकर्माद्धारा जारी विज्ञप्तीमा जटिल प्रसुति र शल्यक्रिया सहितको प्रसुती सेवा बन्द हुने जानकारी गराइएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट