२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ विराटनगरको न्यूरो अस्पतालमा मुटु दिवसको अवसरमा बिरामीलाई छुट

विराटनगरको न्यूरो अस्पतालमा मुटु दिवसको अवसरमा बिरामीलाई छुट


विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विविद्य कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाएको छ । प्रदेश १ मा मुटु रोगको उपचारको लागि पहिलो पटक निजीस्तरबाट ‘क्याथल्याव’ सुरु गरेको उक्त हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो ।

विश्व मुटु दिवसमा न्यूरो हस्पिटलले विराटनगरमा आइतबार विहान मुटु रोग सम्बन्धि सचेतना गराउने सचेतनामूलक ¥याली निकालेको थियो । हस्पिटलबाट सुरु भएको ¥यालीले नगरको विभिन्न भाग परिक्रामा गरेको थियो ।

अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले विश्व मुटु दिवसको अवसर पारेर मुटु रोगी बिरामीहरुका लागि एक सातासम्म छुट योजना ल्याएको जानकारी दिए । असोज ९ देखि १५ गतेसम्म न्युरो अस्पतालमा विशेष छुट रहेको जानकारी दिए ।

साताव्यापी मुटुरोग सम्बन्धी सचेतनामूलक कार्यक्रम अन्तर्गत एक हप्ते निःशुल्क ओपिडी सेवा, कोरोनरी एन्जियोग्राफीको परीक्षणमा १५ प्रतिशत छुट रहेको छ । यस्तै मुटुको एन्जियोप्लास्टीमा एक लाखको छुटको व्यवस्था तथा अन्य सबै प्रकारका जाँचमा २५ प्रतिशत छुटको व्यवस्था छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ