२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा दुई वडाका स्थानीय विवाद हुँदा झडप, २५ जना घाइते

१५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा दुई वडाका स्थानीय विवाद हुँदा झडप, २५ जना घाइते


बैतडी—बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयलाई लिएर दुई वटा वडाका स्थानीयबीच विवाद भएको छ । बिहीबार साँझ १५ शैय्याको अस्पताल कुन वडामा निर्माण गर्ने भन्ने विषयमा विवाद भएपछि झडप भएको थियो ।

उक्त झडपमा क्रममा २५ जना स्थानीय घाइते भएको बैतडीका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । ‘२५ जना घाइते भएको जानकारी हामीलाई प्राप्त भएको छ । उहाँहरुको अवस्था सामान्य छ,’ उनले भने, ‘झडप चाहिँ भएकै हो । अहिले स्थिती सामान्य छ । नगरपालिकाले मेलौली—१ मा १५ शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयमा मेलौली—७ का स्थानीय वासिन्दाले असहमति राख्दैं आफ्नो वडामा अस्पताल बनाउन माग गरेका थिए । त्यही विषयमा दुई वडाका स्थानीयबीच कुटाकुट भएको हो ।

स्थानीयबीच कुटाकुट हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले अवस्था सामान्य रहेको छ । स्थानीयबीचको विवादका कारण ९ वर्षदेखि अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ