गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा सामाजिक विकास मन्त्री साउँदसहितका माओवादी मन्त्री बर्खास्त सुदूरपश्चिममा सामाजिक विकास मन्त्री साउँदसहितका माओवादी मन्त्री बर्खास्त हेल्थ आवाज मंगलबार, २०८० फागुन २२ गते, १६:३३ मा प्रकाशित धनगढी—सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीसहित दुई जना मन्त्री र एक जना राज्यमन्त्री बर्खास्त भएका छन् । मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकासमन्त्री झपट साउँद, वन तथा वातावरणमन्त्री रमेश धामी र उधोग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् । उनीहरु तीनै जना माओवादी केन्द्रको तर्फबाट सुदूरपश्चिम सरकारमा मन्त्री रहेका थिए । केन्द्रमा कांग्रेस र माओवादीसहितको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै कांग्रेसका मुख्यमन्त्री रहेका प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गर्न थालिएको हो । यसअघि नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले गण्डकीका दुई माओवादी मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । जसमा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली रहेका थिए । सुदूरपश्चिम सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम रहेमा नेपाली कांग्रेसलाई सत्तामा रहिरहन बहुमत पुग्छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध