२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा सामाजिक विकास मन्त्री साउँदसहितका माओवादी मन्त्री बर्खास्त

सुदूरपश्चिममा सामाजिक विकास मन्त्री साउँदसहितका माओवादी मन्त्री बर्खास्त


धनगढी—सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीसहित दुई जना मन्त्री र एक जना राज्यमन्त्री बर्खास्त भएका छन् । मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकासमन्त्री झपट साउँद, वन तथा वातावरणमन्त्री रमेश धामी र उधोग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् ।

उनीहरु तीनै जना माओवादी केन्द्रको तर्फबाट सुदूरपश्चिम सरकारमा मन्त्री रहेका थिए । केन्द्रमा कांग्रेस र माओवादीसहितको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै कांग्रेसका मुख्यमन्त्री रहेका प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गर्न थालिएको हो ।

यसअघि नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले गण्डकीका दुई माओवादी मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । जसमा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली रहेका थिए ।

सुदूरपश्चिम सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम रहेमा नेपाली कांग्रेसलाई सत्तामा रहिरहन बहुमत पुग्छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ