२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु

सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु


धनगढी—सुदूरपश्चिममा रहेका सरकारी अस्पतालबाट मेमोग्राफी सेवा सुचारु भएको छ । १ असोजबाट कैलालीस्थित गेटा अस्पतालमा मेमोग्राफी सेवा सुरु भएको छ ।

अस्पतालले उक्त सेवा हप्तामा सोमबार र बिहीबार प्रदान गर्ने जनाएको छ । मेमोग्राफीमार्फत स्तन क्यान्सरको परीक्षण गर्ने गरिन्छ ।

आर्थिक वर्षको सुरुवातीसँगै गेटा अस्पतालमा इन्डोस्कोपी, फिजियोथेरापीसँगै इन्डोर सेवासमेत सुचारु गरेको थियो ।

अस्पतालमा इमर्जेन्सी सेवा सुचारु नहुँदा इन्डोरमा भर्ना हुने बिरामी पुग्न सकेका छैनन् । अस्पतालले इमर्जेन्सी सेवा सुचारु गर्न उपकरण जडान भइरहेको र संचालनको तयारीमा रहेको जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ