२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटओम समाज डेन्टल हस्पिटलको सेवा विस्तार

ओम समाज डेन्टल हस्पिटलको सेवा विस्तार


काठमाडौं—ओम समाज डेन्टल हस्पिटलले चाबहिलस्थित हेल्पिङ हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त सेवा विस्तार गरेको छ। उक्त सेवाको उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अध्यक्ष डा.गुप्तबहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुबाश घिमिरेले संयुक्त रुपमा गरेका थिए ।

उक्त उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका—७ का वडा सदस्य कृष्णमणि भट्टराई, ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर के.सी., सल्लाहकार मोहन पोखरेललगायत हेल्पिंग हेन्ड अस्पतालका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै डा. घिमिरेले ओम समाज डेन्टल हस्पिटल ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ् अघि बढिरहेको बताउँदै कोही पनि कुनै कारणले पनि उपचारबाट बन्चित हुन् नपरोस सबैको लागि उपचार सहज, सुलभ होस् भन्ने उद्धेश्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेवा विस्तार गरेको जानकारी दिए ।

यस्तै, अध्यक्ष श्रेष्ठले हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा अब जुनसुकै (विभाग) रोगका बिरामीको उपचार सम्भव भएकोमा खुशी व्यक्त गरे । हाल उक्त विस्तारित शाखामा उपचारका लागि डा. शोभा योङहाङ र डा. रिमिशा भट्टराई रहेका छन् । ७ चैत्र विश्व मुख स्वास्थ्य दिवस को उपलक्ष्यमा निःशुल्क चेक जाच तथा छुटको व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ