२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनीता पोलिक्लिनिकले ल्यायो फो–डी अल्ट्रासाउण्ड मेसिन

नीता पोलिक्लिनिकले ल्यायो फो–डी अल्ट्रासाउण्ड मेसिन


काडमाडौं–महाराजगन्जस्थित नीता पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले  विश्वस्तरीय चिकित्सा उपकरण फो–डी अल्ट्रासाउण्ड मेसिन भित्र्याएको छ । गर्भवती महिलालाई लक्षित गरी निर्माण गरिएको उक्त मेसिन छिमेकी देश चीनको उपकरण बनाउने सबैभन्दा ठूलो कम्पनी सोनोस्केपबाट भित्र्याइएको हो ।

सामान्य अल्ट्रासाउण्डभन्दा फरक रहेको उक्त अल्ट्रासाउण्डमा हाई इन्ड टेक्नोलोजी जडान गरिएको छ । स्मार्ट फेटल एनलाइसीस टेक्नोलोजी–फोर डी प्रविधि समेत रहेको उक्त मेसिनबाट एनामोली स्क्यान गरी गर्भावस्थामा रहेको शिशुको गतिविधि तथा अवस्थाबारे प्रस्ट रुपमा देख्न सकिन्छ । साथै, मेसिनबाट पत्थरी, अल्सर तथा अन्य रोग पनि पत्ता लगाउन सकिने चिनियाँ डाक्टर लेसन लीको भनाइ छ ।

गर्भमा शिशु के गर्दैछ भनी प्रत्यक्ष रुपमा नै देख्न सकिने बताउँदै क्लिनिककी गाइनो विशेषज्ञ डा.रोजी शर्माले हेल्थ आवाजसँग भनिन्,  ‘गर्भमा शिशु मुस्काइरहेको छ वा हाई गर्दैछ भने, त्यो पनि हामी फो–डी मार्फत नै देख्न सक्छौं ।’ यसका साथै मेसिनबाट शिशुको लिभर, थाइराइड, पेट तथा अन्य अंगको अवस्थाबारे पनि प्रष्ट रुपमा देख्न सकिन्छ ।

मेशिनले गर्भमा रहेको शिशुको शारीरिक पक्ष ठीक भए नभएको प्रस्ट रुपमा देखिन सकिने बताउदै सिद्धार्थ मेडिकल टेक्नोलोजीमा कार्यरत अनिल श्रेष्ठले भने, ‘यसअघिका मेशिनमा शिशुको दृश्य स्यामश्वेत (ब्ल्याक एण्ड व्हाइट) मा देखाउने भएकोले खासै प्रस्ट देखिदैनथ्यो । तर, यस मेशिनले शिशुको आकृतिलाई रंगीन देखाउने भएकोले यो पहिलेको अल्ट्रासाउण्ड मेशिनको तुलनामा बढी प्रभावकारी छ ।’

हाई इन्ड टेक्नोलोजीद्धारा निर्माण गरिएको उक्त मेशिनमा शिशुको अवस्था तथा गतिविधि ‘लाइभ’ देख्न सकिन्छ । तुलनात्मक रुपमा उपचार सेवा पहिलेको भन्दा केही महंगो भएता पनि यस प्रविधिले सम्पूर्ण पक्षलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

सो मेसिनको प्रयोगबारे तालिम प्रदान गर्न सोही कम्पनीका कार्यकारी सदस्य चिनिया डाक्टर लेसन ली पनि क्लिनिकमा उपस्थित भएका थिए । उनले डाक्टरहरुलाई मेसिन प्रयोग गर्ने तरिकाबारे प्रशिक्षण दिएका थिए । ‘यो ओबी सिस्टमको पहिलो चरणको मेसिन हो । अबका दिनहरुमा छिट्टै नै यस्ता हाई इन्ड टेक्नोलोजी प्रविधि जडान भएका अन्य मेशिनहरुको पनि निर्माण गर्नेछौ,’ उनले भने ।

नेपालमा कमै अस्पतालमा मात्रै सञ्चालनमा ल्याइएका यस्ता मेसिनबाट गर्भवस्थामा रहदा नै शिशुको शारीरिक पक्षको दृश्य प्रत्यक्ष रुपमा देख्न सकिन्छ । फो–डी प्रविधि जडान भएकोले, यस अल्ट्रासाउण्ड मेशिनबाट नै शिशुको राम्ररी विकास भए / नभएको र उसको  शारीरिक पक्षको कमजोरी पनि देख्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ