२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटउपचारका लागि भारतको एपोलो जान्छन् वार्षिक २५ सय नेपाली

उपचारका लागि भारतको एपोलो जान्छन् वार्षिक २५ सय नेपाली


काठमाडौं–भारतको एपोलो अस्पतालमा नेपालबाट वार्षिक २ हजार ५ सयभन्दा वढी विरामी उपचारको लागि जाने गरेका छन् । मिर्गौला, कलेजो, हिप, घुडालगायतका अंग प्रत्यारोपणको गर्न धेरै नेपाली बिरामी एपोलो अस्पतालमा जाने गरेको अस्पतालका अन्तर्राष्ट्रिय बजार महाप्रबन्धक अजय भारद्धाजले जानकारी दिए ।

त्यसका साथै क्यान्सर, मुटुरोग तथा हाडजोर्नीको उपचारका लागि पनि उल्लेख्य संख्यामा नेपालीहरु एपोलो जाने गरेको उनले बताए । शुक्रबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मिर्गौला प्रयारोपण बरिष्ठ विशेषज्ञ एन सुव्रामानियनले पुराना तथा आम मानिसमा बढी जसो देखा पर्ने गरेको ब्लड प्रेसर र सुगरजस्ता रोगहरु नै मिर्गौला सम्बन्धि रोग निम्त्याउने कारक तत्व रहेको बताए । उनले एपोलोमा हालसम्म सफलता पूर्वक २१ हजारभन्दा बढीको मिर्गौला प्रत्यारोपण जानकारी दिए । अस्पतालले मिर्गौला सम्बन्धि विभिन्न किसिमका सानादेखि जटिल केसहरु समेत हेर्ने गरेको छ ।

अस्पतालका डा. सन्दीप गुलेरियाले वर्षाैअघिदेखि सोही क्षेत्रमा अनुभव संगालेका भारतकै वरिष्ठ अंग प्रत्यारोपण चिकित्सकहरु पनि सोही अस्पतालमा रहेको दाबी समेत गरे ।

डा. यश गुलतीले वर्तमान समयमा घुँडा प्रतिस्थापन गर्ने पछिल्लो प्रविधि एपोलोसँग भएको हुदा अन्यत्रभन्दा सहज र भरपर्दो सेवा रहेको दावी गरे । अस्पतालले आधुनिक प्रविधिद्वारा आवश्यकता अनुसार घुँडाको आंशिक वा सम्पूर्ण भागको उपचार तथा प्रतिस्थापन गर्ने गरेको डा. गुलतीको भनाइ रहेको थियो ।

नेपालका अधिकांश मिर्गौला तथा घुँडाका बिरामीहरु उपचारको निम्ति यस अस्पतालमा जाने गरेका छन् । सोही अस्पतालमा नै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए ।

पत्रकार सम्मेलनमा नेपालबाट एपोलोमा उपचार गर्ने नेपालीको लागि दिल्ली एयरपोर्टबाट अस्पतालसम्म र बिरामी बस्ने होटलबाट अस्पतालसम्म निःशुल्क यातायात सेवा प्रदान गर्दै आएको समेत जानकारी गराइएको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ