२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल मेडिसिटीको रेडियोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स सुरु

नेपाल मेडिसिटीको रेडियोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स सुरु


ललितपुर—नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सहितको रेडियोलोजी सेवा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका माझ अस्पतालले उक्त सेवाको सुरुवात गरेको हो ।

यो सेवा संसारकै उत्कृष्ट मानिन्छ । यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरीय परीक्षण प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ्ग केन्द्र वरिष्ठ रेडियोलोजिष्ट डा. रामकुमार घिमिरेको नेतृत्वमा रहेको छ । उक्त विभागमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको थप सुरक्षित र गुणस्तरीय एवं विशिष्ट सेवा प्रदान गर्न तयार भएको मेडिसिटीले जनाएको छ ।

मेडिसिटीले पहिलो चरणमा इन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डी सम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ भने निकट भविष्यमा क्याल्सियम स्कोरिंगको साथ अपग्रेड गरिने जनाएको छ । यस्तै, यसले हृदय रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन यसले सहयोग गर्ने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ