२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटपिस्करवासीलाई निःशुल्क स्वास्थ्य सेवा र औषधी

पिस्करवासीलाई निःशुल्क स्वास्थ्य सेवा र औषधी


काठमाडौं—ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल, खाडीचौर सिन्धुपाल्चोकको संयुक्त आयोजनामा त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार पिस्करमा रहेको मंगलामाई माध्यमिक विद्यालयको प्रांगणमामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरमा बरिष्ठ महिला रोग विशेषज्ञ, एमडिजीपी सहितका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क रूपमा उपलब्ध गराएको ह्याम्स अस्पतालका रोशन अधिकारीले जानकारी दिए ।

उक्त शिविरमा झण्डै २०० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा निःशुल्क सुगर परीक्षण तथा ब्लड ग्रुप परिक्षण पनि गरिएको थियो ।

शिविरमा मंगलामाई माध्यमिक विद्यालय प्राधानाध्यापक घनश्याम पौडेलले गाउँघर मै विशेषज्ञ सेवा आउँदा अस्पतालसम्म पुग्न नसक्ने ब्यक्तिहरूले टोलमै निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गर्ने अवसर पाएको बताए । उनले आगामी दिनहरुमा पनि यसरी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताललाई अनुरोध गरे ।

त्यसैगरी, त्रिपुरा सुन्दरी गाउँपालिकास्तरीय स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण शाहले गाउँमै विशेषज्ञ सेवा दिन नसकिरहेको अवस्थामा यसरी ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल खाडीचौरले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दा स्वास्थ्य सेवाबाट बन्चित भएकाहरूले स्वास्थ्य लाभ लिन पाएको बताए ।

आगामी दिनमा पनि ह्याम्स अस्पताललगायत अन्य अस्पतालहरूसँग सहकार्य गरी गाउँ—गाउँमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर लैजाने लक्ष्य लिएको सिन्धु सदाबहार अस्पतालका व्यवस्थापन प्रमुख राम आचार्यले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ