२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशहेलिकोप्टरबाट पु¥याइयो चुमनुब्री गाउँपालिकामा खोप

हेलिकोप्टरबाट पु¥याइयो चुमनुब्री गाउँपालिकामा खोप


पोखरा – गोरखाको चुमनुब्री गाउँपालिकामा कोरोनाविरुद्धको खोप पु¥याउन हेलिकोप्टर प्रयोग गरिएको छ । भौगोलिक विकटताका कारण गोरखा अस्पताल पुग्न नसकेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि हेलिकोप्टरबाट खोप ढुवानी गरिएको चुमनुब्री गाउँपालिकाका उपाध्यक्ष कुमारी गुरुङले बताइन।

चुमनुब्री गाउँपालिकाको फिलिममा १८ जना, चुम्लििंगमा २० जना र लिहीमा ३० जनालाई खोप लगाइने गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार खोपसहित स्वास्थ्यकर्मी चुमनुब्री पु¥याउन माउन्टेन चाइल्ड गैरसरकारी संस्थाले सहयोग गरेको हो । उक्त स्थानमा २३ माघमा अन्तिम सेसनको खोप लगाउने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशमा सञ्चालन गरिएको कोरोनाविरुद्धको पहिलको चरणको खोप अभियानमा बुधबारसम्म ९८.३५ प्रशितशतले खोप लगाएका छन् । प्रदेशका ११ जिल्लामा १५ वटा खोप केन्द्र र २६ वटा खोप बुथबाट खोप लगाइएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

गण्डकीमा स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, स्वास्थ्य संस्थाका सवारीका चालक, सुरक्षाकर्मी, वृद्धाश्रमका आश्रित, कैदी तथा प्रहरी गरी १६ हजार ९ सय १२ जनाले खोप लगाएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ