२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोरोना संक्रमण बढेको बढ्यै, कास्कीलाई बागलुङले उछिन्यो

कोरोना संक्रमण बढेको बढ्यै, कास्कीलाई बागलुङले उछिन्यो


पोखरा-गण्डकीमा सोमबार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कास्कीलाई बागलुङले उछिनेको छ । कास्कीमा ४६ जनामा संक्रमण पुष्टि भएको छ भने बागलुङमा ७१ जना संक्रमित भेटिएका छन् ।

यस्तै, स्याङ्जामा १४, नवलपरासी पूर्वमा ३९, गोरखामा २१, मनाङमा ३, पर्वतमा ५, तनहुँ र लमजुङमा २÷२ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीका कूल संक्रमित १९ हजार ४२४ मध्ये २३२ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । २ हजार ४ जना होम आइसोलेसनमा छन् ।

कतै निषेधाज्ञा, कतै जनस्वास्थ्य विपद्

गण्डकी प्रदेश राजधानी पोखरामा कडा लकडाउन सुरु भएको छ । कास्की जिल्ला प्रशासनले वैशाख २१ देखि ३१ सम्म लकडाउन आदेश दिएको हो । यसअघि वैशाख १५ देखि १ साताका लागि निषेधाज्ञा जारी गरी सवारीमा जोर बिजोर प्रणाली लागु गरेको थियो ।

गण्डकीका बागलुङ र स्याङ्जामा पनि गतसालको जस्तै लकडाउन हुनेछ । वालिङमा जनस्वास्थ्य विपद् घोषणा गरिएको छ ।

कोरोना संक्रमण तीव्र भएपछि तनहुँका विद्यालयका वार्षिक परीक्षा स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबारदेखि अनिश्चितकालसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । गण्डकी प्रदेशको भारतीय सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

यसैबीच पत्रकार महासंघ कास्की र म्याग्दीले पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । पत्रकार महासंघ बागलुङ शाखाले पत्रकारका लागि आफ्नै भवनको सभाहलमा १० शय्याको आइसोलेसन कक्ष निर्माण गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ