२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेश : थपिए ४२९ नयाँ संक्रमित, ३ को मृत्यु

गण्डकी प्रदेश : थपिए ४२९ नयाँ संक्रमित, ३ को मृत्यु


पोखरा – कारोना संक्रमणबाट पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३ जनाको मृत्यु भएको छ । यससँगै गण्डकीमा कोरोनाबाट निधन हुनेको संख्या २३५ पुगेको छ ।

कोरोना संक्रमणबाट म्याग्दी मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुषको २१ गते चरक मेमोरियलमा उपचारका क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  उनमा वैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै, मणिपाल शिक्षण अस्पतालमा मंगलबार निधन भएका कास्कीको पोखरा २९ का ४५ वर्षीय पुरुषमा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वतको कुश्मा नगरपालिका ४ का ८४ वर्षीय पुरुषको पनि वैशाख २१ गते पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ । उनमा वैशाख १९ गते कोरोना पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा मंगलबार मात्रै ४२९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । मंगलबार ६३ जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांकअनुसार नवलपरासी पूर्वमा ५१,  स्याङ्जामा ५, बागलुङमा ३३, कास्कीमा ३१०, तनहुँमा १६, लमजुङमा ८, मुस्ताङमा ४, पर्वत र म्याग्दीमा १-१ जना कोरोना संक्रमित भएका छन् । गण्डकीमा कूल संक्रमित  १९ हजार ८ सय ५३ जना पुगेको निर्देशनालयले जनाएको छ ।

यता, कोरोना संक्रमितको ग्राफ उकालो लागेपछि घोषणा गरिएको लकडाउनका कारण स्याङ्जा, कास्की र बागलुङका सहरीक्षेत्र सुनसान भएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ