२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमुस्ताङ वारागुङको एम्बुलेन्स ‘सरकारी गाडी’

मुस्ताङ वारागुङको एम्बुलेन्स ‘सरकारी गाडी’


पोखरा-मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पालिकावासी बिरामीलाई इमर्जेन्सी सेवा उपलब्ध गराउन गाउँपालिकाको सरकारी गाडी प्रयोग गर्ने निर्णय गरेको छ । २० बैशाखको कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी सुदर्शन पौडेलले जानकारी दिए ।

कोरोना बिरामीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा स्वास्थ्य केन्द्रसम्म बिरामी पु¥याउन सरकारी गाडी प्रयोग गर्ने निर्णय गरिएको उनको भनाइ छ । ‘गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत लगायतले प्रयोग गर्ने त्यही एउटामात्रै गाडी हो । जुन जनसेवामा प्रयोग गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

गाउँपालिकामा ५ वटा वडा छन्, सबै ४ वटा वडामा स्वास्थ्य चौकी छन् । १ वटामा भने छैन । उनले भने, ‘प्रदेश सरकारसमक्ष स्वास्थ्य चौकी निर्माणका लागि माग गरी पठाएका छौं ।’

गाउँपालिकाका स्वास्थ्य चौकीमा आवश्यक औषधी उपलब्ध भएपनि अक्सिजन सिलिन्डर भने कमी रहेका उनको भनाइ छ । ‘यहाँ त हाइ अल्टिच्युडका कारण पनि स्वास्थ्यमा समस्या आउने गर्छ । थप अक्सिजन अनिवार्य हुन्छ,’ उनले भने ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्मा मुस्ताङमा जिल्ला अस्पतालबाहेक कुनै पनि गाउँपालिकामा एम्बुलेन्स नभएको बताउँछन् । उनले वारागुङमा २/३ वर्षअघि प्रयोगमा रहेको एम्बुलेन्स बिग्रिएपछि पालिका एम्बुलेन्सविहीन भएको बताए ।

उनले भने, ‘पछिल्लो कार्यपालिका बैठकले एम्बुलेन्स ल्याउने सम्पूर्ण जिम्मेवारी मलाई दिएको छ । तर, कोभिड महामारीबीच तत्काल काम गर्न सकिएन् । जोखिमपूर्ण यो समयमा जनतालाई सुविधाबाट बञ्चित गर्नु हुँदैन भन्ने उद्देश्यले गाउँपालिकाको गाडी प्रयोग गर्ने निर्णय गरिएको हो ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ