२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु

स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु


पोखरा—जिल्ला अस्पताल स्याङ्जाले फिजियोथेरापी सेवा सुरु गरेको छ । उपलब्ध गराएको छ । मंगलबारदेखि अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिइन् ।

गण्डकी प्रदेश सरकारको करिब १५ लाख सहयोगमा भौतिक संरचना तथा उपकरण व्यवस्थापन गरिएको उनले जानकारी दिइन् । प्याकेजमा टिपिएस, अल्ट्रासाउन्ड, इन्फ्रारेड, पुलि सिस्टमलगायत उपकरण उपलब्ध भएको उनको भनाइ छ ।

हाडजोर्नी, नसा, प्यारालाइसीसलगायत रोग भएका मानिसलाई व्यक्तिलाई यो उपचार पद्धति प्रभावकारी मानिएको डा. अधिकारी बताउँछिन् । मांशपेसी च्यातिएको, मांशपेसी, श्वासप्रश्वाससम्बन्धी समस्या, घाँटी तथा जिउको दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी मानिन्छ ।

‘दुखाइ कम गर्न औषधी पनि दिने गरिन्छ, तर औषधीले सीमित समयका लागि मात्र काम गर्छ, थेरापीले लामो समयसम्म काम गर्छ । मांसपेसीलाई दह्रो बनाउँछ,’ उनले भनिन् । अस्पतालले दम रोग भएका बिरामीहरुलाई भाइब्रेटर मेसिनमार्फत् खकार निकाल्ने गरी उपचार सेवा दिइरहेको डा. अधिकारी बताउँछिन् ।

अस्पतालले विभिन्न उपकरण र हातका माध्यमबाट थेरापी सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट डा.अधिकारीले बताइन् । बिरामीको अवस्थाअनुसार थेरापीको समय लामो वा छोटो हुनसक्ने उनको भनाइ छ । सामान्य बिरामीलाई सिकाएर घरमै थेरापी गर्न लगाउने गरिन्छ भने अलि जटिल बिरामीलाई १ हप्तासम्म स्वास्थ्यकर्मीको निगरानीमा थेरापी गराइन्छ । पक्षघात भएका बिरामीका लागि भने अस्पतालमै भर्ना गरेर थेरापी गराइने उनी बताउँछिन् । उपचार भने रोगअनुसार आधा घन्टादेखि २ घन्टासम्म पनि गर्नुपर्ने हुन्छ । झण्डै एक साता अघिदेखि परीक्षणका रुपमा रहेको फिजियोथेरापी सेवा मंगलबार औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले फिजियोथेरापी सेवा शुभारम्भ गरेकी हुन् । १५ बेड स्वीकृत अस्पतालले थप १० बेड अस्पताल विकास समितिमार्फत् थप गरिएको छ । उनले अस्पतालको सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ