२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपुतलीबजार पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा


स्याङ्जा—पुतलीबजार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । ११ बैशाखमा एक कार्यक्रम गरी खोप पूर्ण सुनिश्चित भएको घोषणा गरिएको हो ।

पालिकाका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप उपलब्ध गराइएकाले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको मेयर तुलसीराम रेग्मीले बताए ।

घोषणाअघि घरधुरी सर्वेक्षण पश्चात् नगरभित्रका लक्षित सबै बालबालिकाले पाउनुपर्ने १३ प्रकारका खोप पाएको यकीन गरी सुनिश्चित भएको घोषणा गरिएको उनको भनाइ छ ।

पुतलीबजार नगरपालिकाभित्र १६ देखि ५९ महिनाभित्रका पूर्ण खोप लगाएका बालबालिकाको संख्या १ हजार ८ सय २२ जना रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ