२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशफेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन

फेवासिटी हस्पिटल र युआरएलका संस्थापक गुरुङको नयाँ दिल्लीमा निधन

पोखरामै बिहीबार अन्त्येष्टि


पोखरा–फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रा.लि.का सञ्चालक तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का संस्थापक अध्यक्ष चेतबहादुर गुरुङको निधन भएको छ । बुधबार भारतको नयाँदिल्लीस्थित कोर्डिज अस्पतालमा निमोनियाका कारण निधन उपचारका क्रममा निधन भएको हो ।

उनको केही समयअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गुरुङ करिब ३० वर्ष पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्रमुख भएका थिए । पछिल्लो समय उनी फेवा एमआरआईका अध्यक्ष थिए ।

गुरुङको शव पोखरा ल्याएर बिहीबार नै अन्तिम संस्कार गरिएको छ । वि.संं. २०१६ सालमा गुल्मीमा जन्मिएका गुरुङका श्रीमती इन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी रहेका छन् ।

उनको निधनपछि पोखरा मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले दुःख व्यक्त गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ