२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्याङ्जा पूर्ण खोप सुनिश्चित, १४ हजार बढी बालबालिकालाई खोप

स्याङ्जा पूर्ण खोप सुनिश्चित, १४ हजार बढी बालबालिकालाई खोप


पोखरा—स्याङ्जाका १४ हजार ८८ बालबालिकालाई पूर्णखोप लगाएसँगै स्याङ्जा पूर्ण सुनिश्चितताको घोषणा गरिएको छ । सोमबार गण्डकी प्रदेश प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् ।

बालबालिकालाई १३ रोगविरुद्ध ७ खोपका मात्रा पूरा लगाइएपछि सुनिश्चितता गरिएको हो । स्याङ्जाका ११ वटै पालिकाका सरोकारवालाले दिगोपनाको प्रतिबद्धता जनाए ।

जन्मेदेखि १५ महिनाका ३ हजार ४ सय ५७ जना र १६ देखि ५९ महिनाका १० हजार ६ सय ३१ जना बालबालिकाले पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए । प्रमुख चापागाईंका अनुसार १५ महिनासम्मका ५ जना र १६ देखि ५९ महिनासम्मका १६ जना खोप अभियानमा छुटेका छन् ।

दिगो विकास लक्ष्यअनुरुप सन् २०३० सम्ममा ५ वर्षमुनिको मृत्युदर शून्यमा झार्ने लक्ष्य बमोजिम बिसिजी, क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिस विरुद्धका खोप लगाउने गरिएको छ । कार्यक्रमबीच उत्कृष्ट पालिका, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वास्थ्य संस्थालगायत ३ दर्जन व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ