२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारहेल्थ इमर्जेन्सीबीच अब सरकारले के गर्नुपर्छ ?

हेल्थ इमर्जेन्सीबीच अब सरकारले के गर्नुपर्छ ?


विगत एक महिनादेखि हाम्रो देश कोभिड–१९ रोगका कारण लकडाउनमा छ । लकडाउनको कारण आम जनमानसमा अनेकौं समस्याहरु देखिन थालेका छन् । समस्याहरुको वैज्ञानिक पहिचान र समधान गरी आम जनजीवन सरल र सहज बनाउनु अहिलेको सरकारको मुख्य चुनौती रहेको छ ।

सरकारले कोभिड–१९ को रोकथामका लागि गरेका पहलकदमीहरु कैयौं विदेशी राष्ट्रहरुको तुलनामा सराहनीय छन् भने यी पहलकदमीहरुलाई सफल बनाउन र रोग विरुद्ध लड्न आम जनताले सरकारलाई गरेको सहयोग पनि अतुलनीय छ । जनताको मष्तिस्कले पेट भोको छ भन्दै गर्दा पनि पेटले म भोको छैन, शरीरले नांगो छैन भनिरहेको छ, यो केवल रोग विरुद्व एकजुट हुन गरिएको एकताको परिणाम हो । सरकारलाई गरिएको सहयोगको उच्च नमुना हो । यो हुँदाहुँदै पनि सरकारले अब केही पहलकदमी लिने बेला आएको छ, जुन यो पंक्तिकारले बुँदागत रुपमा यसरी लेख्दछ ।

१. अझै पनि हाम्रो देशले अन्तर्राष्ट्रिय उडान र वैदेशिक नाकाहरु पूर्ण रुपमा बन्द राख्नु पर्छ ।

२. विस्तारै उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिमयुक्त जिल्लाहरु र स्थानीय तहहरु पहिचान गरी लकडाउन खुकुलो गराउँदै अघि बढनुपर्छ ।

३. अझै कम्तिमा १५ दिन जति सार्वजनिक स्थलहरु, मन्दिर, मस्जिद, चर्च, सपिंग सेन्टर, सार्वजनिक यातायात, स्कुल, क्याम्पस लगायतहरु खोलिनु हुँदैन ।

४. अत्यावश्यकीय सरसामानहरु जस्तै खाद्यान्न, औषधोपचारका सामाग्रीहरु ओसारपसार गर्ने सहज वातावरण निर्माण गर्ने र अझै कम्तीमा २० दिनसम्म एक जिल्लादेखि अर्को जिल्लामा नागरिकहरुलाई आवतजावत गर्न दिनुहुन्न ।

५. सकेसम्म एक ठाउँमा बसिरहेका मानिस र यात्रा गरी आएका मानिसबीच सम्पर्क हुन दिनु हुँदैन् । क्वारेन्टाइनको पालना सबैलाई अनिवार्य गराउनु पर्दछ ।

६.अहिले जस्तै अब आउने दिनहरुमा पनि भारत वा तेस्रो मुलुकदेखि आउनेलाई कडा निगरानी र आवश्यक जाँच गरी क्वारेन्टाइनमा व्यवस्थित गर्नुपर्दछ ।

७.मानिसहरुलाई व्यक्तिगत सुरक्षाका सामाग्रीहरु जस्तै मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न अनि साबुन पानीले नियमित हात धुन तथा अन्य सावधानीहरु अपनाउन सजग बनाइरहनुपर्छ ।

८. कृषि उत्पादनमा जोड दिन र खाद्य संकट टार्न अनि महामारीले गर्दा बढिरहेको बेरोजगारी समस्या हटाउन सबैलाई जे जसरी जहाँ हुन्छ बाझो जमिन नराखी खेती गर्न आह्वान गर्दै बिउपल वितरण गर्नुपर्छ ।

९. आफ्नो घरमा जान चाहने, अत्यावश्यक काम परेका र अलपत्र परेका जनतालाई आवश्यक जाँच पड्ताल पूरा गरी उचित व्यवस्थापन गर्दै सुरक्षित साथ घर पुर्याईदिनु पर्दछ ।

१०. अबका दिनहरुमा प्राथमिकता चयन गरी हामीले पहिला के गर्दा राम्रो हुन्छ भन्ने कुरा वैज्ञानिक तवरले सोचेंर, हेक्का राखेर यो गर्ने अनि त्यो गर्ने भनेर प्राथमिकता निर्धारण गर्दै अगाडि बढ्नु पर्दछ ।

११. महामारीको उच्च जोखिमयुक्त क्षेत्रहरुलाई अझ बढी वैज्ञानिक रुपले लकडाउन गरेर पीसीआर टेस्ट द्रुत गतिमा बढाउनु पर्दछ ।

१२.महामारी नियन्त्रण गर्न प्रयोग गरिएका संयन्त्रहरुलाई अझ बढी सान्दर्भिक र वैज्ञानिक बनाउँदै यो समस्याले मर्कामा परेका सानातिना उधमी, व्यवसायीहरु, किसान, विद्यार्थी, चिकित्सकलगायतका पेशाकर्मीहरुलाई राहत प्रदान हुने खालका कार्यक्रम ल्याउनु पर्दछ । स्वदेशी बजारलाई नै प्रवद्र्धन गरिनु पर्दछ ।

१४.अन्य देशहरुमा जस्तै हाम्रो देशमा पनि छुट्टै खाद्य तथा औषधी प्रशासन बिभाग ( FDA ) र केन्द्रीय रोग नियन्त्रण विभाग (CDC ) गठन गर्नुपर्ने कुरा टड्कारो आबश्यकताको रुपमा महसुस गरिएको छ । यी संयन्त्र निर्माण गरिनु पर्दछ ।

१५.महामारीले सिकाएका दैनिक मानवप्य मूल्य मान्यतालाई आत्मसात गरेर सरकार जनहितकारी कार्यक्रम ल्याउँदै अघि बढ्नुपर्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने कार्यहरुलाई निरुत्साहित पार्दै अगाडी बढ्नु पर्दछ ।

उदाउँदा विश्व शक्तिहरु चीन र भारतको बीचमा रहेको तटस्थ नेपाल अहिलेको हेल्थ इमर्जेन्सी पछि भिटोपावर प्राप्त राष्ट्रमा पर्नुपर्छ । जसका लागि नेपालले आफ्नो आर्थिक नीति, राजनिती, कुटनीति, वैदेशिक सम्बन्धलगायतका नीति निर्माणतिर लाग्नुपर्ने देखिन्छ । यसरी लामो समय देखिको हेल्थ ईमरजेन्सीलाई जितेर सरकारले आगामी बजेट ल्याउन पहल गर्नेछ भन्ने आम नेपाली जनतालाई आशा र भरोसा छ । धन्यवाद ।

प्रकृति तथा मानव बचाउ केन्द्रित आन्दोलनका लागि

थप पढनुहोस:

लकडाउन खाेल्ने बहस २ः १५ बैशाखपछि लकडाउन, पर्ख र हेर नीतिमा सरकार


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ