२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला पुन: कोरोनामुक्त, अब लक्षण देखिए मात्र परीक्षण गरिने

जुम्ला पुन: कोरोनामुक्त, अब लक्षण देखिए मात्र परीक्षण गरिने


जुम्ला – जुम्ला पुन : कोरोना संक्रमण मुक्त भएको छ । चन्दननाथ नगरपालिका –२ मा होम आइसोलेसनमा बसेकी एक जना महिलालाई निको भएपछि जुम्ला पुन: कोरोना संक्रमण मुक्त भएको हो ।

पहिलोपटक साउन १२ गते सबै संक्रमित निको भएपछि जुम्ला कोरानामुक्त भएको थियो । कोरोनामुक्त पछि पुन: जिल्लामा संक्रमित भेटिए पनि अहिले सबै निको भएपछि दोस्रोपटक कोरोनामुक्त भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

लकडाउन भए यता यहाँका आठ स्थानीय तहका ९ हजार ७ सय ३५ जना नागरिकको स्वाब परीक्षण गर्दा २ सय २० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । अहिले सबै जनालाई निको भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

त्यसैगरी, ४०९ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

 लक्षण देखिए मात्र कोरोना परीक्षण

संघीय सरकारको निर्देशसन अनुसार अब लक्षण देखिए मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने लक्षण देखिएका व्यक्तिहरुको मात्र निशुल्क कोरोना पिसिआर परीक्षण गरिने छ ।

लक्षण नदेखिएका व्यक्तिले आफ्नो सो इच्छाले गर्नु परेको खण्डमा प्रति व्यक्ति दुई हजार शुल्क लिने व्यवस्था रहेको उनले बताए


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ