२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा स्वास्थ्य बीमाका विरामीले पाएनन् नि:शुल्क औषधी

जुम्लामा स्वास्थ्य बीमाका विरामीले पाएनन् नि:शुल्क औषधी


जुम्ला – जुम्लाका स्वास्थ्य बीमा कर्ताहरुको  अस्पतालबाट नि:शुल्क रुपमा सोचेअनुसारको पाउन पर्ने औषधी नपाएको गुनासो छ । मंगलबार स्वास्थ्य परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गएका चन्दननाथ नगरपालिका – ४ का वडाध्यक्ष जगदिश चौलागाईलाई डक्टरले विरामी पुर्जामा लेखेको ५ प्रकारका औषधी मध्ये २ किसिमको औषधी अस्पतालको फार्मेसीले दियो । बाँकी ३ प्रकारको औषधी बाहिरका निजी मेडिकलबाट किन्ने भन्ने जवाफ दिइयो ।

बाहीरी फार्मेसीबाट उनले ८ सय ५० को औषधी किने । स्वास्थ्य विमित व्यक्तिमध्ये उनी त एक उदाहरण मात्र हुन् । सस्वथ्य उपचार सेवा सहुलिएत रुपमा गराउने हेतुले बीमा गरेका बिमीत नागरिकहरुले बीमाबाट उपचार गराउने भनेर गएका बिरामीहरुले पैसा नबोकेकाले औषधी नलिएर खाली हात फकिर्ने गरेका छन् ।

उनीजस्तै सयौँ सेवाग्राहीले पनि यस्तै दुख भोग्दै आएका छन् । बीमा कर्ताले वार्षिक ३ हजार ५ सय तिरेर एक लाखसम्मको औषधी उपचार पाउने नारामा मात्र सिमित भएको बीमा कर्ताले गुनासोे गरेका छन् ।

नेपालको सविधान २०७२ को धारा ३५ मा आधारभुत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरिएको छ । नागरिकको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटानी समेत गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम परिवारमा आधारित एक बृहत साझेदारी कार्यक्रम हो । जुम्लामा मात्र ४६ हजारले स्वास्थ्य बीमा गरेका छन् ।

यता, प्रतिष्ठानको डीन नियूक्ति लगाएतका विषयमा प्रतिष्ठानको प्रशासन, उपकुलपति, रजिष्टर, डीनको कार्यकक्षमा गएको २८ असोजदेखि तालाबन्दीमा छन् ।

‘प्रतिष्ठानका प्रशासन प्रमुख द्धोन्द शाहीका अनुसार तालाबन्दीले अस्पताल प्रशासनमा समस्या पारेका छैन । तर फर्मेसीमा औषधि मौज्दात न्यून भएको केही केही औषधि विरामी नपाएका पनि हुन सक्लान । नयाँ चालु वर्षको औषधि खरिदको टेण्डर भइसकेको छ । तत्काल अपुग औषधि कोटेशनबाट पनि खरिद गरेर विरामी हात खाली पठाउने गरेका छैनौँ, ‘उनले भने ।

प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले भने यसबारे बेखबर छन् । प्रतिष्ठानमा तालाबन्दी लगायत स्वास्थ्य बीमा गरेका विरामीले औषधि नपाएको विषयमा बुझ्न खोज्दा पछिल्लो समयमा उनको फोन रिसिव हुने गरेको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ