२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु

कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु


सुर्खेत – कर्णालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको गुर्नभाको६ नगरपालिका–७ का ७५ वर्षीय वृद्धको गएको बिहिबार बिहान ३ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो ।

मृतक पुरुषलाई कडा निमोनियासँगै कोरोना संक्रमणका कारण निधन भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनका अनुसार ती कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २३ पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ