२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा २४ हजारभन्दा बढीलाई कोरोना खोप दिने लक्ष्य

सुर्खेतमा २४ हजारभन्दा बढीलाई कोरोना खोप दिने लक्ष्य


सुर्खेत – फागुन २३ गतेदेखि संचालन हुने दोस्रो प्राथमिकताको खोप अभियानमा सुर्खेतका २४ हजार बढीलाई खोप लगाउने लक्ष्य लिइएको छ । सो अभियानमा २४ हजार ९७६ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको हो ।

बिहीबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले खोपको उपलब्धिका आधारमा चरण बद्धरुपमा सबै नागरिकलाई खोप लगाइने बताएका छन् ।

यसअघि ५५ वर्ष माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भनिएको भएपनि खोपको उपलब्धताको आधारमा पहिले छुटेका र ६५ वर्ष माथिका उमेर समूहलाई खोप लगाइदै छ।

दोस्रो प्राथमिकताको खोप अभियानमा २५६ बढी स्वास्थ्यकर्मी, चार वटा चिकित्सक समेतका टोली, ६ सय बढी स्वयम्सेवक खटिने जनस्वास्थ्य प्रमुख वाग्लेले जानकारी दिए । जिल्लाका करिब ६० भन्दा बढी खोप केन्द्रबाट खोप लगाउने तयारी भइरहेको उनको भनाई छ । खोप फगुन २२ गते साँझसम्म सबै केन्द्रहरुमा पुगि सक्नेछ ।

वृद्धवृद्धाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि वृद्ध-वृद्धाहरुलाई लक्षित समूहमा प्राथमिकता दिइएको हो । यो खोप विश्वस्वास्थ्य संगठनबाट आपतकालीन प्रयोगका लागि सिफारिस गरिएको भएकाले सुरक्षित र प्रभावकारी रहेको उनले जनाए । त्यसैले आफुलाई पायक पर्ने स्वास्थ्यसँस्थामा गइ ढुक्कसँग खोप लगाउनुहुन उनले अनुरोध समेत गरेका छन् । खोप लगाउन जाँदा परिचय खुल्ने नागरिकता वा मतदाता परिचय पत्र वा वडाको सिफारिस लिएर जानुपर्नेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ