२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसडकको पहुँच नहुँदा कर्णालीका दुर्गम गाउँमा कोरोना खोप लैजान सकस

सडकको पहुँच नहुँदा कर्णालीका दुर्गम गाउँमा कोरोना खोप लैजान सकस


जुम्ला – सडक मार्गको पहुँच सबै गाउँमा नभएकोले  कर्णालीका दुर्गम गाउँमा खोप लैजान सकस भएको छ । प्रदेशका माथिल्लो कर्णाली विशेष गरी कालिकोट, जुम्ला, हुम्ला डोल्पा र मुगु जिल्लाका दुर्गम गाउँमा सडक मार्ग नहुँदा खोप लैजान समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका हुन्  ।

फागुन २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने दोस्रो चरण खोप ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदै छ । सो अभियानको पहिलो चरणमा खोप लगाउन छुटेका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई पनि खोप लगाउने योजना रहेको जनाएको छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइका अनुसार जुम्लामा ३ हजार २ सय जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउने लक्ष्य रहेको छ । यहाँका एक नगरपालिकासहित ८ स्थानीय तहमा ६२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । २२ वटा खोप केन्द्रमा फागुन २३ गते सुरु हुने र बाँकी खोप केन्द्रमा २४ र २५ गते सञ्चालन गरी खोप लगाउने कार्य सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

खोप अभियानलाई सफल बनाउन विभिन्न तहमा छलफल गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । कोरोनाविरुद्धको खोपबारे जिल्लाबासीलाई भ्रममा नपर्न कार्यालयका प्रमुख डा. निर्मल नगरकोटीले आग्रह गरे ।

उनले भने, ‘मुगुको भौगोलिक विकटता हेरेर खोप केन्द्र विस्तार गर्न र सहज रूपमा स्वास्थ्यकर्मी परिचालन गरेर नागकिरलाई खोप दिने लक्ष्य छ ।’ खोप अभियान सफल बनाउन मुगुका ४ वटै स्थानीय तहका स्वास्थ्य संयोजकसँगै स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाइएको डा.नगरकोटीले बताए ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले मुगुमा कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मी र र नागरिकलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यसअघि मुगुमा ८२ प्रतिशत नागरिकले खोप लगाएका छन् । २३ बाट सुरु भई २६ फागुनसम्म सञ्चालन दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सहज वातावरणमा खोप लगाउँछौँ ।’

मुगुमा ३ हजार ५ सय जना ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । मुगुमा पहिलो चरणमा ४ सय ७७ जनालाई खोप लगाइएको छ भने १ हजार १ जनालाई दोस्रो चरणमा लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
मुगु आएको १ सय भाइल अपुग रहेको स्वास्थ्य कार्यालयले बताएको । २ सय ८० भाइल गत बिहीबार मात्र मुगु आइपुगेको हो ।

मुगुमा उपयुक्त ठानिएन खोप

देशभरका जिल्लामा कोरोना भाइरसविरुद्धको खोप उपयुक्त नदेखिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताएका छन् । हिमाली जिल्ला भएको र भौगोलिक विकटताका कारण अभियान स्थानीयको पहुँचमा पु¥याउन नसक्दा यस्तो अवस्था देखिएको उनको भनाइ छ ।

मुगुमा कोरोना संक्रमित नहुनुले पनि खोपको प्रभाकारित खासै उपयुक्त नरेहको प्रजिअ शिवाकोटीको अनुमान छ । स्वास्थ्य मन्त्रालयले ६५ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेसँगै मुगुमा पनि सोहीबमोजिम लगाइन लागिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ