२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा ९ जनालाई कोरोना संक्रमण, विद्यालय बन्द गर्ने निर्णय

जुम्लामा ९ जनालाई कोरोना संक्रमण, विद्यालय बन्द गर्ने निर्णय


जुम्ला-जुम्लामा ९ जनालाई कोरोना संक्रमण देखिएको छ । कोरोना परीक्षण गर्दा संक्रमण देखिएको हो । पछिल्लो जुम्लामा ९ जना संक्रमित भेटिएका छन् । अस्पतालमा उपचारमा आएका बिरामीको पिसिआर परिक्षण गर्दा ९ जना संक्रमित भेटिएका छन् । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणको दर तीब्र रुपमा बढिरहेको बेला जुम्लामा यही बैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, नीजि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए ।

तत्कालका लागि कोरोना संक्रमणको उच्च जोखिममा रहेका विद्यालय बन्द गरिने निर्णय भयो, उनले भने, ‘निर्णय बमोजिम यहाँका सरकारी तथा सामुदायिक विद्यालयमा पत्राचार हुने छ ।’

बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्ने मानिसको लगत संकलन गर्ने, जुम्ला कालिकोटको सिमाना नाग्ममा हेल्प डेस्क स्थापना गर्ने र प्रत्येक वडास्तरमा लगत संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको हो ।

यसैगरी गाउँपालिका भित्र संकलन भएको लगत जानकारी गराउनको लागि हरेक गाउँपालिकामा सम्पर्क ब्यक्ति तोक्ने समेत निर्णय भएको छ ।

भेला सम्मेलन गर्न नपाइने

कोरोना संकट व्यवस्थापन समितिको बैठकले नगरपालिका, गाउँपालिकामा सभा, समारोह, भेला, गोष्ठी गर्दा बढीमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । त्यस्तो कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पुणरुपमा पालना गर्नुपर्ने, घटना घटिसकेको अवस्थामा चाहिने सामाग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकायसँग आर्थिक सहयोग माग्ने समेत निर्णय भएको छ ।
|
हरेक गाउँपालिकाले कोभिड १९ नियन्त्रण सम्बन्धि रणनीतिक योजना बनाउनुपर्ने र तीन दिनपछि बस्ने संकट व्यवस्थापन समितिको बैठकमा पेश गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले मास्कको प्रयोग गर्न, सेनिटाइजर र साबुन पानीले नियमित हातधुन र व्यक्तिगत तथा सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोनाको लक्षण देखिने बित्तिकै नजिकैको कोभिड अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जाँच गराउनको लागि सुझाव दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ