२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा तीन कोरोना संक्रमितको मृत्यु

कर्णालीमा तीन कोरोना संक्रमितको मृत्यु


सुर्खेत-कर्णाली प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको मंगलबार राति मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो ।

भेरीगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

यसका साथै कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ७५ वर्षीय एक पुरुषको मंगलबार विहान निधन भएको छ ।

उनलाई सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख कोरोना अस्पतालमा अक्सिजनसहित उपचार गराइएपनि उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)