२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा संक्रमित संख्या १८ पुग्यो, रोकथाममा फितलो

जुम्लामा संक्रमित संख्या १८ पुग्यो, रोकथाममा फितलो


जुम्ला जुम्लामा शुक्रबार थप ५ जना दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १६ जनाको पिसिआर परीक्षण गर्दा १६ जना मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त अस्पताल निर्देशक राजीव शाहका अनुसार संक्रमित हुनेमा चन्दननाथ नगरपालिका ६ का २ जना, चन्दननाथ ३ का १ जना र गुठिचौर गाउँपालिका ३ र ५ नम्वर वडाका १÷१ जना गरी ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

शुक्रबार थपिएका ५ जनासहित जुम्लामा दोस्रो लहरको जम्मा संक्रमितको संख्या १८ पुगेको छ । यसअघि कोरोना संक्रमितको संख्या १३ रहेको थियो । जुम्लाका आठ स्थानीय तह मध्ये दोस्रो चरणको संक्रमण चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिबाट सुरु भएको छ । स्थानीय प्रशासन तथा स्थानीय तहले रोकथाम तथा नियन्त्रण गर्न नसक्दा गाउँगाउँमा कोरोना फैलिसक्ने नागरिक अगुवा राजबहादुर महतले बताए ।

दैनिक संक्रमण बढ्दै गएको अबस्था सिधै नेपालगंज, सुर्खेत र काठमाडौंबाट हवाई तथा स्थलमार्ग भएर आउने नागरिकको चेकजाँच गर्ने व्यवस्था नमिलाउनु खतराको संकेत भएको समेत महतको भनाइ छ । ‘विगतको जस्तो जुम्लामा यस वर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासन, स्थानीय सरकार, स्वास्थ्यसँग सम्बन्धी निकायको त्यति धेरै चासो राखेको पाइदैन । जसका कारण संक्रमणले भयावह रुप लिने निश्चित भएको छ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ