२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशवीरेन्द्रनगरमा २५ शैय्या कोभिड अस्पताल सञ्चालन

वीरेन्द्रनगरमा २५ शैय्या कोभिड अस्पताल सञ्चालन


सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाले अक्सिजनसहितको २५ शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । शुक्रबार कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् ।

कोरोना माहामारीलाई मध्यनगर गर्दै १४ बैशाखमा बसेको वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले कोरोना कोषमा १ करोड बजेट जम्मा गरेर अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कोरोनाको भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवेदीले बताए । हाल अस्पतालको २५ शैयामध्ये १० शैय्या अक्सिजनसहितको रहेको उनले जानकारी दिए ।

उनका अनुसार अस्पताललाई ५० शैय्याको बनाउने गरी तयारी भइरहेको छ । हाल अस्पतालका लागि २ जना मेडिकल अफिसर स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । यस्तै नगरपालिकाले २ जना कर्मचारीलाई परामर्शकर्ताको रुपमा खटाएको छ । उनीहरुले कोभिड पोजेटिभ भएर घरमै वा अस्पतालका आइसोलेसनमा बसेका बिरामीलाई टेलिफोनमार्फत परामर्श दिएर मनोबल उच्च बनाउने काम गरिरहेका छन् ।

कोरोना माहामारीको दोस्रो लहरसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि माहामारी नियन्त्रणमा सक्रिय बन्दै गएको हो ।

कोरोनाका कारण सुर्खेतसँगै कर्णाली प्रदेशमा हालसम्म ७३ जनाको मृत्यु भइसकेको छ भने २ हजार ८ सय २१ जना सक्रिय संक्रमित छन् । जसमध्ये सुर्खेतका मात्रै १४ सय ६३ बढी संक्रमित छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ