२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको तातोपानी गाउँपालिका सिल

जुम्लाको तातोपानी गाउँपालिका सिल


जुम्ला –  जुम्लाको तातोपानी गाउँपालिकाको कार्यालय सिल गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।

गाउँपालिकाबाट प्रदान गरिने अति आवश्यक काम बाहेक दैनिक प्रशासनिक सेवा बैशाख २८ गते देखि बैशाख ३१ गतेसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने, ‘विश्वभर फैलिएको कोरोना माहामारीबाट बच्नका लागि जुम्ला जिल्लामा पनि वैशाख तेस्रो साताबाट निषेधाज्ञा जारी गरिएको छ ।’

कोरोना संक्रमबाट बच्नका लागि नागरिक स्वयम् आफै सचेत भई नेपाल सरकारले निर्देशित गरेको स्वास्थ्य मापदण्डको पालन गर्नुको विकल्प नरहेको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)