२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिमा गाउँपालिका अध्यक्षलाई कोभिड–१९ संक्रमण

हिमा गाउँपालिका अध्यक्षलाई कोभिड–१९ संक्रमण


जुम्ला–जुम्लाको हिमा गाउँपालिका अध्यक्ष राजबहादुर शाहीलाई कोभिड–१९ संक्रमण देखिएको छ । शनिबार जनस्वास्थ्य कार्यालय जुम्ला र गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा एन्टीजेट परीक्षण गर्दा कोभिड–१९ संक्रमण देखिएको हो ।

अध्यक्ष शाहीसहित वडाध्यक्ष मुनबहादुर बुढालगायत १० जनामा कोभिड–१९ संक्रमण देखिएको स्वास्थ्य शाखा संयोजक रतन रावतले बताए । उनकाअनुसार ६३ जनामा एन्टीजेट परीक्षण गर्दा १० जनामा कोभिड–१९ संक्रमण देखिएको हो ।

यसअघि यस गाउँपालिका ३ जनालाई संक्रमण देखिएको थियो । गाउँपालिकामा अहिले १३ जना सक्रिय संक्रमित छन् ।

१३ जनामध्ये २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा उपचाररत छन् भने ११ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल र २० बेडको आइसोलेसन पनि बनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ