२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु

कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु


जुम्ला–जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुर्खेतका एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगतबहादुर शाहीको आइतबार विहान कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको हो ।

उनी १० दिनदेखि अस्पतालमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीकाअनुसार बाहिर जिल्लाका जुम्ला अस्पतालमा कोभिड–१९ का कारण मुत्यु भएको दोस्रो घटना हो ।

यसअघि जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको कोभिड–१९ बाट मुत्यु भएको थियो । नन्दावक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीका अनुसार जुम्ला अस्पतालमा दोस्रो पटक मृत्यु भएका कोभिड–१९ संक्रमितको शव यहाँको चन्दननाथ नगरपालिका–१ दानसाँघुमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।

यसअघि शवघाटको व्यवस्थापन नहुँदा संम्बन्धित जिल्लामा शव लिनु परेको थियो । उनले भने, ‘जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यहाँको चन्दननाथ नगरपालिका– १ को दानसाँघु र ९ नम्बर वडाको गमगाडमा शवघाट तोकेपछि सहज भएको हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ