२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेत प्रदेश अस्पताल र कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने

सुर्खेत प्रदेश अस्पताल र कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने


जुम्ला–कर्णाली प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल र कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को ११ जेठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड–१९ महामारीमा अक्सिजनको अभाव बढिरहेका बेला प्रदेशमा उत्पादन शून्य भएपछि अब सुर्खेत र कालिकोटमा रिफिल गर्न मिल्ने गरी अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

सामाजिक विकास मन्त्रालय सम्हालेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैले प्रस्ताव गरेको अक्सिजन प्लान्ट निर्माणका लागि दुई करोड बजेट तत्कालै उपलब्ध गराउने निर्णय गरेका छन् । कालिकोटको स्वास्थ सेवा कार्यालय र सुर्खेतमा रहेको स्वास्थ्य विकास निर्देशनालयलाई प्रदेश सरकारले दुई करोड बजेट दिने निर्णय गरेको हो ।

सुर्खेतलाई १ करोड २० लाख रुपैयाँ र कालिकोेट स्वास्थ्य सेवा कार्यालयलाई ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक तथा कानुनमन्त्री सीता नेपालीले बताइन् ।

यस्तै, कोभिड–१९ महामारी रोकथामका लागि रोकिएको बजेट भुक्तानी गर्ने, स्वयंमसेवक परिचालन गर्ने, खाद्यान्न खरिद र अनुदानका लागि स्थानीय तहलाई रकम भुक्तानी गर्ने, कोभिड महामारीमा खटिएका स्वास्थयकर्मीको करार अवधि असार मसान्तसम्म लैजाने, चिकित्सकको दरबन्दी परिपूर्ति गर्नेलगायतका निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ