२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला अस्पतालमा कोभिड–१९ का कारण दुई सातामा चार जनाको मुत्यु

जुम्ला अस्पतालमा कोभिड–१९ का कारण दुई सातामा चार जनाको मुत्यु


जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई सातामा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

हिमा गाउँपालिका–७ जुम्लाका ५७ वर्षीय एक पुरुषको बुधबार विहान अस्पतालमा मृत्यु भएको हो । यससँगै कोभिड–१९ का कारण अस्पतालमा दुई हप्तामा चार जनाको मृत्यु भएको हो ।

हिमाका ती ५७ वर्षीय पुरुष ९ जेठमा अस्पतालमा भर्ना भएका थिए । कोभिड–१९ पोजेटिभ देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रवक्ता डा. रमेश भट्टराईले कर्णाली अस्पतालमा उपचारका क्रममा संक्रमितको मृत्यु भएको बताए ।

‘दम रोगले ग्रसित ५७ वर्षीय बिरामी सिकिस्त अवस्थामा अस्पताल ल्याउनुभएको थियो । भेन्टिलेटर राखेर उपचार गर्दागर्दै मृत्यु भयो,’ उनले भने । अहिले एक जना कालिकोटका संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यसअघि ११ जेठमा जुम्ला अस्पतालमा कालिकोटका तिलागुफा–११ का ८० वर्षीय पुरुष, सुर्खेत चौकुने गाउँपालिका–१० का ३८ वर्षीय पुरुष र कालिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय एक पुरुषको कोभिड–१९ बाट मुत्यु भएको थियो


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ