२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभेरी अस्पताल घटनाको छानविन गर्न चिकित्सक संघको माग

भेरी अस्पताल घटनाको छानविन गर्न चिकित्सक संघको माग


जुम्ला – नेपाल चिकित्सक संघ जिल्ला कार्य समिति जुम्लाले नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा घटेको घटनाको छानविन गर्न माग गरेको छ । संघले अस्पतालमा बिरामीको कुरुवाद्धारा स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि गरिएको सांघेतिक आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानविन गर्न माग गरेको हो ।

१२ जेठमा  बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण गरेका थिए । ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सक माथिको आक्रमण निन्दनीय हो, नेपाल चिकित्सक संघ जुम्लाका अध्यक्ष डा. प्रविणकुमार गिरी र सचिव डा. तुफानसिंह कठायतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई हदै सम्मको कारवाही  जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ,‘ संसार भरि फैलिएको कोभिड महामारी बीचमा जनताको स्वास्थ्यको रक्षाका लागि सिमित जनशक्तिका बाबजुद आफ्नो स्वास्थ्यको प्रवाह नगरी २४ घण्टा खटिएर सेवा दिदै गरेको अवस्थामा बिरामीको कुरुवाद्वारा गरिएको सांघातिक आक्रमण निन्दनीय छ ।

घटनाको सत्यतथ्य छानबिन गरि दोषी लाई हदै सम्मको करवाहिका लागी हामी जोडदार माग गर्दछौ ।’ विभिन्न समयमा स्वास्थ्यकर्मीको मनोबल घटाउने गरि हुने यस किसिमका घटना नियन्त्रणका लागि अपराधीलाई ‘जेल विथआउट बेल’ को कानून कार्यान्वयन लागु गर्न माग गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ