२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ का कारण जुम्लामा कैदीको मृत्यु

कोभिड–१९ का कारण जुम्लामा कैदीको मृत्यु


जुम्ला–जुम्ला कारागारमा रहेका एक जना कैदीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । तिला गाउँपालिका–१ रारालिहिका ७६ वर्षीय एक पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले दुई दिनदेखि आईसीयुमा उपचार भइरहेका कैदीको मृत्यु भएको जानकारी दिए । उनले भने, ‘संक्रमित जेलबाट आउनुभएको कैदी हो । दुई दिनदेखि आईसीयुमा राखेर उपचार भइरहेको थियो । सोमबार उनको उपचारका क्रममा मृत्यु भयो ।‘

उनलाई १५ जेठमा अस्पतालमा भर्ना गरिएको थियो ।

कारागारभित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जना कैदीवन्दीमध्ये १५ जना पुरुषलाई कोभिड–१९ संक्रमण देखिएको थियो । अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीवन्दीलाई भने संक्रमणका लक्षण नदेखिएको जनाएको छ ।

‘संक्रमितसँग ठूलो रोग थिएन । तर, सामान्य दम देखिएको थियो । बचाउनको लागि हर प्रयास भएपछि बचाउन सकिएन्,’ डा. भट्टराईले भने । एक जना कैदीको मृत्युसँगै जुम्लामा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ